काठमाडौंमा बजार अनुगमन, १५ वटा पसल कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंमा बजार अनुगमन, १५ वटा पसल कारबाहीमा

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् ।

चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं,  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन् । 

मंगलबार खाद्यान्न, लत्ता कपडा,  तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका हुन् । 

कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । प्रशासनका अनुसार ना, केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);