हिमाको छोटा खर्कमा आगलागी, २५ भेडाका पाठा जले | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हिमाको छोटा खर्कमा आगलागी, २५ भेडाका पाठा जले

जुम्ला । हिमा गाउँपालिका–२ को लेकमा रहेको छोटा खर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर नष्ट भएका छन् । दिउँसो खर्कमा कोही नभएको बेला आगो लागेका कारण धेरै नै क्षति भएको हो ।

खर्कमा रहेका भेडाका २५  पाठा जलेर नष्ट भएको किसान वीरबहादुर शाहीले बताए । उनले भने, ‘दिउँसो खर्कमा कोही नभएको बेला आगलागी हुँदा खर्क पुरै जलेर नष्ट भयो । भेडाका पाठा,  २० वटाभन्दा बढी राडी कम्बल अन्य लगाउने र बिछ्याउने लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएका छन् ।
भेडापालक किसान दत्तबहादुर शाहीका तीन, धनबहादुर रोकायाका तीनसहित १२ किसानका २५  भेडाका पाठा जलेर मरेको बतए । भेडा किसानले क्षति भएको विवरण बड्की प्रहरी चौकीलाई दिएको शिक्षक खम्बा शाहीले बताए । 

करिब चार हजार मिटर उचाईमा रहेको खर्क नै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान समेत छैन । खुला आकाशमा आगो बालेर राति कटाउने गरेको किसानहरूको दुखेसो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);