अति आवश्यकिय पसलहरु साँझ र विहान २ घण्टा मात्र खुला हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अति आवश्यकिय पसलहरु साँझ र विहान २ घण्टा मात्र खुला हुने

नवलपरासी, ८ भदौ । बर्दघाट सुस्ता पूर्ब नवलपरासीमा अति आवश्यकिय पसलहरु साँझ र विहान २ घण्टा मात्र खुला हुने जिल्ला प्रशासन कार्यलय नवलपुर बताएको छ ।खाद्यान्न, औषधी र तरकारी पसल साझ बिहान २ घण्टा खोल्ने र अन्य पसलहरु बन्द गर्न आग्रह गरिएको हो । कार्यालयले ४ नगरपालिका र २ गाउपालिकामा आउन जान बन्द गरेको छ भने बन्द रहेका गैडाकोट नगरपालिका, देबचुलि नगरपालिका, कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र बिनई त्रिबिणी गाउपालिकामा संक्रमिकको संख्या बढदै गए पछी ठाउठाउमा निशेधाज्ञा जारी गरिएको छ ।

तर स्थानिले भने सरकारले बन्दाबन्दी जारी गरे पनि बजारमा आवतजावत गर्नेको लागी प्रहरी प्रशासनले नियन्त्रण नगरेको आरोप लगाएका छन ।अटो र मोटर साइकल नियन्त्रण नभएको र यसका कारण समुदयमा कोरोनाको संक्रमण फैलिन सक्ने त्रास भएको स्थानियको गुनासो छ । पूर्बपश्चिम राजमार्गमा सवारी साधन ठप्प छन भने खाद्यनका गाडी, एम्बुलेन्स र दुधका गाडी भने निर्वाध रुपमा सञ्चालन भईरहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);