लकडाउन खुकुलो बनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनको सरकारलाई सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

लकडाउन खुकुलो बनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनको सरकारलाई सिफारिस

काठमाडौं, जेठ २२ । लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाण्डौ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले व्यवसायीसंग छलफल गरेका छन ।

जेठ ३२ सम्मका लागि सरकारले लकडाउन जारी गरेको समयमा धमाधम बजार पसल खुल्न थालेपनि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विहिबार व्यापारीहरुसंग संयुक्त छलफल गरेका हुन् ।

जिल्ला समन्वय समिति काठमाण्डौमा भएको संयुक्त बैठकले सामाजिक दुरी सहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था श्रृजना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहान ११ बजेदेखि सांझ साढे ५ बजे सम्म उद्योग तथा बजार पसल संञ्चालनको वातावरण मिलाउन सुझाव दिनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आव्हानमा विहिबार राजधानीका सबै प्रकारका पसल खुलेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउदै व्यवसायीसंग छलफल गरेका हुन ।

 

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);