बिहान र साँझ खाद्यान्न पसल खुला रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

बिहान र साँझ खाद्यान्न पसल खुला रहने

तनहुँ, १२ चैत ।  हरेक दिन बिहान र साँझको समयमा खाद्यान्न पसल खुल्ने भएको छ । विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुल्ला रहने निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई कम गर्न लकडाउन गरिएको अवस्थामा खाद्यान्नको व्यवस्थापन गर्नका लागि पसल खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । “समितिले निर्धारण गरेको समय बाहेक अरु समयमा खाद्यान्न पसल बन्द रहनेछन,” उहाँले भन्नुभयो ।

बैठकले जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा आवश्यकता अनुसार वडा वडामा निगरानी कक्ष (क्वारेन्टाइन)को स्थापना गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताउनुभयो । कोभिड–१९ सम्बन्धी सूचना प्रवाहलाई व्यवस्थि तगर्नका लागि जनस्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीलाई फोकल पर्सन तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);