निषेधाज्ञा थप भएसंगै कुन कुन क्षेत्रमा खुकुलो पारियो, पूर्णपाठ यस्तो छ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

निषेधाज्ञा थप भएसंगै कुन कुन क्षेत्रमा खुकुलो पारियो, पूर्णपाठ यस्तो छ

काठमाडौं। उपत्यकाका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी थप एकसाताका लागि निषेधाज्ञा लमब्याएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठले बारका आधारमा व्यवसया सञ्चालन गर्न पाउने निर्णय गरेको काठमाडौँका जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

निषेधाज्ञाको पूर्णपाठ यस्तो छ ।

निजी सवारी साधनका जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको छ। खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न पाउने भएको हो । यस्तै निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने छ ।

आइतबार,मंगलबार,बिहीबार ःसुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार,बुधबार,शुक्रबारः सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ ।

यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।काठमाडौँका जिल्ला अधिकारी पराजुलीका अनुसार बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै, खाद्यान्न, फलफूल र तरकारी पसलको हकमा भने हरेक दिन ११ बजेसम्म पसल खोल्न दिइने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);