पत्रकारहरुका लागि कोरोनाविरुद्ध खोपको व्यवस्था मिलाउन सर्वोच्चको अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पत्रकारहरुका लागि कोरोनाविरुद्ध खोपको व्यवस्था मिलाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिई कोरोना भाइरसविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश कुमार चुडालेको एकल इजलासले पत्रकारहरुलाई प्राथमिकता दिई कोरोनाविरुद्धको खोप लगाउन व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता लिलानाथ घिमिरेले पत्रकारहरुलाई खोप प्रदान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

आदेशमा पहिलो खोप लगाएका पत्रकारहरुलाई दोश्रो डोज र पहिलो खोप पनि नलगाएकालाई पनि खोपको व्यवस्था मिलाउन उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);