भीष्मराज आङ्देम्बे भन्छन्- राँके–रवि–भेडेटार सडक योजना निर्माण गर्ने जिम्मा मेरै हो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भीष्मराज आङ्देम्बे भन्छन्- राँके–रवि–भेडेटार सडक योजना निर्माण गर्ने जिम्मा मेरै हो 

काठमाडौं । नेपाली कांगेस पाँचथरबाट प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस भएका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ‘राँके–रवि–भेडेटार’ सडक आयोजनाले आफूलाई पर्खेको बताएका छन् ।कांग्रेसवृत्तमा यस पटक पाँचथरमा चुनाव जितेलगत्तै आङ्देम्बेलाई भौतिक पूर्वाधारमन्त्री बनाउन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तयार रहेको चर्चा चलेका बेला उनको यो अभिव्यक्ति आएको हो ।

उनले राँके–रवि–भेडेटार आफ्नो योजना भन्दै आफैंले निर्माण सम्पन्न गर्ने दाबी पनि गरे । ‘दोस्रो संविधानसभामा मलाई पाँचथरवासीले जिताएपछि दुई वर्ष संविधान निर्माणमा खर्चिएँ भने बाँकी अवधिमा मैल राँके–रवि–भेडेटार सडक निर्माणको योजना अघि सारें र तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले रणनीतिक योजनामा राख्नुभयो’, उनले भने, ‘सोही योजनालाई वसन्तजीले तत्कालीन प्रधानमन्त्रीलाई रवि लगेर शिलान्यास गर्नुभयो तर निर्माण भएन । यो योजनाले मलाई पर्खेको छ । मै सम्पन्न गर्नेछु ।’सरकारले राँके–रवि–सडक आयोजनालाई कोसी कोरिडोरको विकल्पमा निर्माण गर्ने लक्ष्य राखेको हो । पूर्वी पहाडका तीन जिल्ला पाँचथर, इलाम, धनकुटासँगै मोरङको उत्तरी क्षेत्रका स्थानीय लाभान्वित हुने सडक निर्माण हुँदा कृषि र वन पैदावरको बजारीकरणमा सहज हुनेछ ।

सडकको शिलान्यास २१ पुस २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको रविमा गरेका थिए । करिब साढे १० महिनापछि ओलीले पाँचथरबाट निर्वाचित सांसद नेम्बाङलाई नै उक्त सडकसमेत निर्माण गराउने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी ओलीले दिए । तर, २० महिना मन्त्री हुँदासम्म नेम्बाङले २० प्रतिशत पनि निर्माण सम्पन्न गराउन सकेनन् । उनको पटकपटको निर्देशनलाई ठेकेदार कम्पनीले पत्याएनन् । सोही कारण सडकको हालत हिलाम्मे छ । सवारी साधन आवातजावतमा समस्या छ । सडक निर्र्माण भने २१ पुस २०७८ मा हुनुपर्ने हो तर काम खासै नभएपछि नेम्बाङप्रति जिल्लावासी आक्रोशित हुँदा आङ्देम्बेले भने आफैं निर्माण गराउने दाबी गरेका हुन् ।  हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व कांग्रेसले नभई जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इस्तियाक राईले सम्हालेका छन् । तर, राँके–रवि–भेडेटार सडकप्रति उनको चासो छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);