समानुपातिक बन्दसूची बुझाउने बेला कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा बिरामी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

समानुपातिक बन्दसूची बुझाउने बेला कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा बिरामी

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउन २ र ३ असोजको मिति तोकेको छ । जसकारण अहिले प्रमुख दलहरू समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न छलफल र बैठकमा केन्द्रित भएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारी बैठकसमेत बसिरहेको छ । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने दिन नजिकिँदै जाँदा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विरामी परेका छन् ।

शर्माको केही दिनअघि अप्रेसन भएको थियो । अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले घरमै आराम गरिरहेका छन् । महामन्त्री शर्माले आइतबारदेखि पार्टी कार्यालय गएर आफ्नो भूमिका निर्वाह गर्ने जानकारी दिए ।

अर्का महामन्त्री थापा भने बिहीबारदेखि बेड रेस्टमा छन् । डेंगुका कारण ज्वरो आएपछि अहिले उनी घरमै छन् । बिहीबार उनको रगत परीक्षण गर्दा डेंगु पजिटिभ पुष्टि भएको थियो । पार्टीका दुवै महामन्त्री बिरामी भएपछि कांग्रेसले ६ जना सहमहामन्त्रीलाई समानुपातिकतर्फको बन्दसूची तयार पार्न जिम्मेवारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);