आज छैठौ राष्ट्रिय ढाका टोपी दिवस भव्य रुपमा मनाईयो (फोटोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज छैठौ राष्ट्रिय ढाका टोपी दिवस भव्य रुपमा मनाईयो (फोटोसहित)

topi diwas

काठमाडौं, १७ पौष । मंगलवार छैंठौं राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । नेपाली टोपीको प्रवद्र्धन गर्ने उदेश्यले ६ बर्षअघि देखि उत्साही युवाहरुले अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन सुरु गरेका हुन ।

नेपाली टोपी, हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराको साथ जागरुक युवा अभियान नेपालले नेपाली टोपी दिवस भव्य रुपमा मनाएका छन् । अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघर मण्डलामा भेला भएर युवायुवतीले गत वर्ष जस्तै टोपी दिवस मनाएका हुन् । माइतीघर मण्डलमा भेला भएका युवायुवतीले पञ्चे बाजासहित मण्डलादेखि नयाँ बानेश्वरसम्म रयाली निकालेका थिए । ¥यालीमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै अभियानले २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ’टोपी दिवस’ मनाउन सुरु गरिएको हो ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई २०६८सालमा बनेको डा बाबुराम भटटराइ नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि यस अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ । राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समय राष्ट्रिय टोपी दिवसले राष्ट्रिय स्वरुप ग्रहण गर्न थालेको छ । दिवसका अवसरमा मुलुकका विभिन्न स्थानमा ढाका टोपीमा सजिएकाहरुले र्याली समेत निकालेका छन् । काठमाडौंको माइतिघरबाट शुरु भएको ¥याली नयाँ बानेश्वर पुगेर समापन भएको थियो । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका,कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषत भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । राष्ट्रिय टोपी दिवसमा सहभागीहरुले पछिल्लो समय नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरेको बताएका छन् ।

उनीहरुले सरकारसंग नेपालीहरुको पहिचानको लागि नेपाली पहिरनलाई राष्ट्रिय मान्यता दिन माग गरेकाछन् । नेपाली यस बर्षको टोपी दिवसको नारा नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);