सडक मर्मत गर्न आफै जुटे बाजुराका व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सडक मर्मत गर्न आफै जुटे बाजुराका व्यवसायी

sadak marmat bajura

मदन वि.क.
बाजुरा, १७ पुस
। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका दुनीहाटबजारका व्यवसायीहरु बजारसम्मको सडक मर्मतमा आफै जुटेका छन् । बडीमालिका नगरपालिकाले सडक मर्मतमा चासो नदिएकाले उनीहरु सडक मर्मतमा आफै जुटेका हुन् ।

बडीमालिका नगरपालिकाले दुनीहाटबजार सम्मको सडक मर्मतमा कुनै चासो नदिएपछि बजारका सबै पसलहरु बन्द गरेर व्यवसायीहरु आफै सडक मर्मतमा लागेका छन् । बजारको सडक अव्यवस्थित, फोहर र हिलाम्मे हुन थालेपछि नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको सहयोगमा बजारका व्यापारीहरु र स्थानीयहरु सडक मर्मतमा लागेका हुन् ।

सडक हिलाम्मे र साँगुरो भएकाले दुर्घटना हुन सक्ने भन्दै व्यवसायीहरु आफै जुटेको दुनीहाटबजार व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल नेपालीले बताए ।

जिल्लामा लामो दु्री र छोटो दुरीमा संचालन हुदै आएका प्रति जीपबाट पाँच सय, मोटरसाइकलबाट एक सय, प्रति ट्रकबाट एक हजार, ट्याक्टरबाट ढुङ्गा र माटो सहयोग लिएर सडक बनाएको व्यवसायीहरु बताउँछन् ।

यता बडीमालिका नगरपालिकाले भने उक्त क्षेत्रको सडक विस्तारका लागि कारागार देखि जिउला सम्मको सडक निर्माणका लागि पीस एस कन्ट्रक्स कम्पनीलाई सहयोग मागेको बताउँदै आएको छ । कहिले के कहिले के भन्दै नगरपालिकाले टारेकाले आफै जुटुनु परेको स्थानीय व्यवसायीहरुको भनाई थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);