डीपीआर नै नभई १६५ सडकको शिलान्यास प्रधानमन्त्री ओलीको तमासा मात्र हो : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डीपीआर नै नभई १६५ सडकको शिलान्यास प्रधानमन्त्री ओलीको तमासा मात्र हो : नेता नेपाल

काठमाडौं, २२ चैत । नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा देखाई रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौं जिल्ला कमिटीको आयोजनामा भएको जिल्लास्तरीय भेलामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री ओलीले बालुवाटारबाट एक सय ६५ वटा सडकको शिलान्यास गरेर तमासा देखाएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले सडकको डीपीआर नभई, लागत कति हो थाहा नपाई बालुवाटरमा बसेर स्वीच थिचेर शिलान्यासको तमासा देखाएको आरोप लगाए । त्यसतो शिलान्यासको कुनै अर्थ नभएको नेपालको भनाई छ । उनले जनताले कुरा नभई काम चाहने पनि उल्लेख गरे ।

शनिबार प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रहरुमा एक एक सडक गरी एक सय ६५ सडकको बालुवाटारबाट शिलान्यास गरेका थिए । नेता नेपालले भेलालाई सम्बोधन गर्दै आफूहरु नै आधिकारिक एमाले भएको बताउँदै ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन् ।

नेता नेपालले अध्यक्ष ओलीले कम्युनिष्ट सिध्याउन लागेको दाबी समेत गरेका छन् । अध्यक्ष ओलीले एकलौटी ढंगले पार्टी चलाउन लागेकाले आफूहरु चुप लागेर नबस्ने समेत नेता नेपालले चुनौती दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);