संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गर्नुपर्ने आवश्यक : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गर्नुपर्ने आवश्यक : देउवा

sher bahadur

काठमाडाैं, २२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

नेपाल शिक्षक संघको संघीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई राजधानीमा सम्बोधन गर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा देखिएका बेथितिलाई थितिमा राख्न पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । संविधान निर्माणपछि देश आर्थिक समृद्धितिर अघि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको जिकिर छ ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष केशव भट्टराई, मोहन ज्ञवाली, केशव निरौला, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यलगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकायको ध्यान जान नसकेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);