कर्णाली प्रदेशको राजनीति रोमाञ्चक मोडमा, नेपाल समूहले पनि छोड्यो मुख्यमन्त्री शाहीको साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णाली प्रदेशको राजनीति रोमाञ्चक मोडमा, नेपाल समूहले पनि छोड्यो मुख्यमन्त्री शाहीको साथ

काठमाडौं, २२ चैत। कर्णाली प्रदेशको राजनीति रोमाञ्चक मोडमा प्रवेश गरेको छ । सो प्रदेशमा अब नेकपा एमालेको स्पष्ट बहुमत हुने अवस्था सिर्जना भएको छ ।

४० सदस्यीय प्रदेश सभामा एमालेको २० सांसद छन् । एमालेलाई बहुमतका लागि एक मात्र सांसद अपुग थियो । माओवादी केन्द्रका धर्मराज रेग्मी एमाले प्रवेश गरे । रेग्मी एमाले प्रवेश गरेपछि उनको संसद सदस्यता खारेज गर्न माओवादी केन्द्रले सभामुखलाई आज पत्र दिएको छ ।

रेग्मीको पद खारेज भएको अवस्थामा एमालेलाई ठूलो फाइदा हुनेछ । किनभने एमालेले एक्लैले सरकार बनाउन सक्नेछ ।

स्पष्ट लाभको अवस्थामा पुगेपछि आज कर्णाली प्रदेश सभा एमाले संसदीय दलको बैठक बस्यो । बैठकले आफ्ना मन्त्रीहरुलाई २४ घन्टाभित्र सरकारबाट राजीनामा दिन भनेको छ । त्यसैगरी नयाँ सरकार गठनको बाटो खोलिदिन एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनुरोध पनि गरेको छ ।

एमाले प्रमुख सचेतक गुलावजंग शाहका अनुसार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको हुनाले मुख्यमन्त्री अल्पमतमा परेको र उनले राजीनामा दिनुपर्ने बताए ।

आज बसेको संसदीय दलको बैठकमा नेपाल समूहका सांसद्हरु पनि सहभागी भएका थिए । माओवादीको सरकार ढालेर एमालेको सरकार बनाउन एमाले एक ढिक्का भएको देखिन्छ ।

माओवादी सरकार विस्थापित गरेर एमालेको सरकार बनाउने यो प्रयाससँगै नेपाल समूहमा लागेका सांसदहरु पनि संस्थापनमा मिसिएका हुन् ।

मुख्यमन्त्री शाहीको सरकारलाई दिएको समर्थन आली समूहको एमालेले गत चैत ४ मै फिर्ता लिएको थियो ।

आइ. एन. ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);