कर्णालीमा एमालेको भागमा परेपछि माओवादीका सांसदहरु अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कर्णालीमा एमालेको भागमा परेपछि माओवादीका सांसदहरु अलमलमा

काठमाडौं,२० चैत्र । केन्द्रीय सत्ता गठबन्धनले कर्णाली प्रदेश नेकपा एमालेको भागमा पारेपछि माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराइसकेको अवस्थामा केन्द्रको निर्णयले माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्ट भएका हुन् ।

केन्द्रबाट गलत तरिकाले सोच्दै नसोचेर निर्णय गरेको कर्णालीका माओवादी सांसदहरूको भनाई छ । मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी स्वरूप आइतबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेको अवस्थामा केन्द्रमा फरक सहमति भएपछि अब के हुने भन्नेबारे पनि अन्यौल उत्पन्न भएको छ । माओवादीभित्र कर्णालीको नेतृत्व पार्टीले नै पाउनुपर्ने आवाज उठ्दै आए पनि अन्ततः एमालेलाई नै दिनेगरी केन्द्रमा सहमति भएको हो । प्रदेश सभाको कार्यसुची अनुसार विश्वासको मत लिने प्रक्रिया पनि के हुन्छ भन्ने चासो बढेको छ । केन्द्रको निर्णय अनुसार अघि बढ्ने हो भने पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने अधिकाशं माओवादी प्रदेश सभा सदस्यको भनाइ छ ।

विश्वासको मतका लागि निर्णय भइसकेपछि राजिनामा दिने वा के गर्ने स्पष्ट हुन सकेको छैन । संवैधानिक प्रक्रियाहरू अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले निर्णय गर्दा प्रदेशको स्वायत्तता हरण हुने उनिहरुको तर्क छ । अब मुख्यमन्त्री शर्मा सामु राजीनामा दिने कि प्रदेशसभा फेस गर्ने ? दुईवटा विकल्प छन् ।

एमालेका नेताहरू भने मुख्यमन्त्रीले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने भनिरहेका छन् । केन्द्रको निर्णय मान्ने हो भने मुख्यमन्त्रीले राजीनामा दिने बाहेक अरू विकल्प नभएको एमाले नेताहरुको तर्क छ । केन्द्रीय गठबन्धन अनुसार एमालेको नेतृत्वमा सरकार बन्दा यामलाल कँडेल मुख्यमन्त्री हुनुहुने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);