एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक चैत २२ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक चैत २२ मा

karnali pradesh

काठमाडौं, १९ चैत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक चैत २२ गते बस्ने भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहका अनुसार पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

प्रदेश सभामा एमालेका सांसदहरु कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित हुने शाहले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले चैत ५ मा फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै महेन्द्रबहादुर शाही नेतृत्वको नेकपा माओवादी केन्द्रको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

कर्णाली प्रदेशमा एमालेको समर्थनविना सरकार बन्न नसक्ने अवस्था छ । प्रदेशमा कुल ४० सांसद रहेकामा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);