धर्मशालाबाट सीमा सुरक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धर्मशालाबाट सीमा सुरक्षा

dharmasala bata sima surakshya

काँकडभिट्टा, ४ फागुन ।  सीमा क्षेत्र संवेदनशील हुन्छ नै। त्यहाँ हुने गतिविधि, अपराध, अनेकखाले अवैध चलखेल तथा मानवीय चहलपहलका कारण पनि सीमाक्षेत्रलाई संवेदनशील मानिन्छ। त्यसमाथि नेपाल-भारत सीमा क्षेत्रमा भने दशगजा मिचेर भारतीय पक्षले नेपालीलाई रातदिन सताइरहने घटनाले तनाव थपिदिने गर्छ।

सीमा क्षेत्रमा भारतीय पक्षले निरन्तर गरिरहने अतिक्रम, नेपालीमाथि हुने अत्याचार, सीमास्तम्भ गायब बनाउने घटना आदिले नेपाल-भारत सीमा क्षेत्र झन् बढी संवेदनशील मानिन्छ। त्यही भएर नेपाल सरकारले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षाको विशेष एवं महत्वपूर्ण जिम्मेवारी दिएर छुट्टै फोर्स सशस्त्र प्रहरी खटाएको छ। सीमा सुरक्षासँगै सीमाक्षेत्रमा हुने चोरीतस्करीलगायत अवैध गतिविधि नियन्त्रणको अर्को जिम्मेवारी पनि सशस्त्र प्रहरीलाई छ।

तर त्यही सीमा क्षेत्रको सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षाकर्मीको वास भने धर्मशालामा छ भन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ। आफ्नो जग्गा र भवन नहुँदा सशस्त्र प्रहरीले धर्मशालाबाटै सीमाक्षेत्रको सुरक्षा गरिरहनुपरेको छ।

नेपालको पूर्वी नाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयको सहयोग र नेपाल-भारत सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वार्टर (राजस्व तथा भन्सार सुरक्षा गुल्म) ८ नम्बर झापाको कार्यालय धर्मशालाबाटै सञ्चालित छ।

यहाँ रहेका सुरक्षाकर्मीले रातदिन धर्मशालामै बिताउनुपर्छ। गुल्ममा प्रहरी नायव उपरीक्षक र एक जना प्रहरी निरीक्षकसहित एक सय ६० जना सशस्त्र प्रहरीको दरबन्दी छ। हाल एक सय ३२ जना सशस्त्र प्रहरी कार्यरत छन्। लामो समयदेखि उनीहरू मेचीनगर नगरपालिका-१० स्थित मेची भन्सारको पछाडि र पश्चिमपट्टि अलि अग्लो डाँडास्थित एउटा शिवालय मन्दिरको स्वामित्वमा रहेको धर्मशालामा बस्दै आएका छन्। यहाँबाट नै भन्सार र सिमानाकाको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गर्ने गरिएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);