सीमामा भारतीय ज्यादती बढदो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सीमामा भारतीय ज्यादती बढदो

प्रकाश जोशी
काठमाडौ, १९ जेठ । भारतसँगको सीमा सधै असुरक्षित छ । भारतीय एसएसीबीले सधै सीमा तनाव दिदै आएकोमा भारतीयहरु नेपाली सीमा सुरक्षाकर्मीसंग पटक पटक झडप हुदै आएको छ । सीमा क्षेत्रमा अवैध बाटोबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयहरुलाई रोक्न खोज्दा झडप हुने गरेको हो ।

अवैध धन्दामा संलग्न उनीहरुले सीमामा रहेको सशस्त्र प्रहरी बलमाथि ढुंगामुढा गर्र्ने , सुरक्षा क्याम्प घेर्ने गर्दै आएका छन् । भारतसंग सीमा जोडिएका क्षेत्रमा भारतीयहरुले नेपाली सीमा सुरक्षा बलसंग झडप गर्दै आएका छन् । अवैध बाटोबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयहरुसंग सशस्त्रको झडप हुदै आएको छ ।

एसएसबीले सीमाबासीलाई सताउदै आएको बेला भारतीयहरुले नेपाली सीमा क्षेत्रमा पटक पटक तनाव दिदै आएका छन् । पछिल्ला झडपका घटना यस्ता छन् । यही बैशाख १ गते सिराहाको सिराहा नगरपालिका सोहवा स्थित नाकामा भारतीय नागरिकले ढुङ्गा प्रहार गरे । ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका जवान घाइते भएका हन् ।

लकडाउनबीच साईकलमा ल्याक्टोजिन दुध बोकेर नेपाल प्रवेश गर्न खोजिरहेका एक भारतीयलाई प्रहरीले फिर्ता पठायो । प्रहरीले फिर्ता पठाउँदा १८–२० जनाको संख्यामा भारतीयहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरे ।

बैशाख २५ मा बाराको सुर्वण गाँउपालिका कबहीगोठको नेपाल भारत सीमाबाट भारतीय नागरिक नेपाल प्रवेश गर्न खोज्दा झडप भयो । दुई ओटा गाडी सहित नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई प्रहरीले रोक्यो । सशस्त्रले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि जाइलागे ।सशस्त्र प्रहरीको चेक पोष्टमा क्षति पु¥याए ।

झण्डै २ सयको संख्यामा आएका उनीहरुलाई तितरबितर गर्न प्रहरीले बल प्रयोग गर्न परेको थियो । यही जेठ १८ गते सर्लाहीको विष्णु गाँउपालिका पकडीस्थित दशगजा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयसंग प्रहरीको झडप भयो । ३०–४० जनाको संख्यामा रहेका भारतीयहरुलाई रोक्न खोज्दा उनीहरुले हुलहुज्जत गरी हतियार खोस्ने प्रयास गरेका थिए । प्रहरीले हवाई फायर गरेपछि उनीहरु पछि हटेका थिए ।

पछिल्लो डेढ महिनाको अवधिमा घटेका यी झडपका घटनाहरु त प्रतिनिधिमुलक घटना मात्रै हुन । भारतसंगको दक्षिणी सीमा क्षेत्रमा घट्ने झडपका घटनाहरु दर्जनौ छन् । सीमा सुरक्षामा राज्यले थप जनशक्तिको व्यवस्था गर्नुपर्ने नेताहरु बताउँछन् ।

सरकारले सीमा सुरक्षाका लागि सिमानामा सशस्त्र प्रहरीको संख्या वृद्धीगर्ने निर्णय गरीसकेको छ । सरकारले निर्णय गरेबमोजीम सिमानामा बिओपी बृद्धी गर्ने कार्य भईरहको सशस्त्र प्रहरी बताउछ ।

भारतसंग जोडिएका दक्षिणी सीमामा भारतीयहरुसंग नेपाली सुरक्षाकर्मीको पटक पटक झडप हुदै आएको छ । अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्नेहरुलाई सशस्त्रले रोक्दै आएको छ । नेपाल प्रवेश गर्न हुलहुज्जत गर्दै सीमामा प्रहरीमाथिको घटना दोहोरिदै आएका छन् । यसर्थ यस्ता समूहलाई रोक्न सरकारले सीमालाई थप मजबुत बनाउन जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);