रुकुम घटनाः समितिले न्याय दिनेमा विश्वास छैन : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुकुम घटनाः समितिले न्याय दिनेमा विश्वास छैन : कांग्रेस

काठमाडौ, १९ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुममा भएको दलित युवाहरूको हत्याको छानबिन गर्नका लागि दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमो समय मागेर नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समिति गठनको माग गर्नुभयो ।

उहाँले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्नु पर्नमा जोड दिनुभयो ।

उहाँले समिति गठन नगरिए कडा कदम चाल्ने चेतावनी समेत दिनुभयो । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले रुकुम घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राख्नुभएको हो ।

#मानबहादुर_विश्वकर्मा

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);