महोत्तरी, १९ जेठ । स्थानिय सरकारको उदासिनता तथा क्षमता भन्दा दोेब्बर ब्यक्तीलाई एकै ठाँउमा राख्दा क्वारेन्टाईनमा बस्नेहरु त्रासमा छन् । महोत्तरीको एकडारा गाँउपालिका वडा नं. १ स्थित श्री माविमा संचालन गरिएको क्वारेन्टाईनमा बसेकाहरु मध्ये एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाईनमा बस्नेहरु लगायत सिंगै गाँउ नै त्रसित छ ।
सीमामा सुरक्षाकर्मीहरुको कडा निगरानी छ । भारतसंग खुल्ला सीमा जोडिएका कारण भारतबाट चोरबाटो हुँदै सीमा प्रवेश गर्ने रोकिएका छैनन् । दैनिक १ सयको हाराहारीमा नेपाल प्रवेश गरिरहेका छन् ।
गाँउपालीका स्थित श्री माबिमा जेठ ६ गते संचालन गरीएको क्वारेन्टाईनमा ५ जना बालबालीका सहित ७९ रहेका छन् । सडक छेउ मै निर्माण गरिएको क्वारेन्टाईनमा आवश्यक भौतिक पूर्वाधारको बन्दोवस्त नहुँदा अप्ठ्यारो छ ।
क्वारेन्टाईनमा वस्दै आएका व्यक्तिका अनुसार ठाँउको अभावका साथै शौचालय, बत्ती खानेपानी र सरसफाईको अभाव छ । नियमति स्वास्थ्य जाँच समेत नहुँदा आफुहरु क्वारेन्टाईन असुरक्षित छ । गुनासो सुन्ने कोही पुग्दैनन् क्वारेन्टाइनमा ।
भारतमा मजदुरी गर्न गएकाहरुको पछिल्ला एक हप्ता यता फर्कने क्रम बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । क्वारेन्टाइनमा मानिस थपिदै गए पनि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन सुस्त छ । क्वारेन्टाईनमा रहेका एकजनामा संक्रमण भेटिएपछि सबैमा त्रास बढेको छ । स्थानीय सरकारले यी समस्या सुन्न चाहादैनन् ।
कक्षाकोठाको बरण्डाको भुइँमामा सुत्नलाई न म्याट दिइएको छ, न चेकजाँच गर्न स्वास्थ्यकर्मी आउँछन् । क्वारेन्टिनमा बस्नेहरुमा मानसिक तनाव बढ्दै गएको छ । शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राख्नुपर्ने हुन्छ ।
प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्काे खाटबीच न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यक्ता अनुसार झुलसहित खाट, फोहोर फाल्ने डस्टबिन उपलब्ध गराउनुपर्ने मापदण्ड छ । तर कुनैपनि मापदण्ड नपुग्दा क्वारेन्टाइन अस्तव्यस्त र जोखिम बनेका हुन् ।




