नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश : स्वास्थ्य मन्त्रालय

swasthya-mantralaya-press meet

काठमाडौं, २२ चैत । नेपालमा कोरोना भाइरसको संक्रमण स्थानीयमा पनि फैलिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ दिएको र पहिलो पटक कोरोना संक्रमण स्थानीयमा फैलिएको पुष्टि गर्नुभएको हो ।

यो विदेशबाट आएका नेपालीबाट स्थानीयमा सरेको पहिलो घटना हो । यसअघि विदेशबाट आएका मानिसमा मात्रै कोरोना संक्रमण देखिदै आएको थियो । उहाँले कैलाली र कञ्चनपुरको क्वारेन्टाईनमा बसेका ३४ बर्षिया महिला, २१ बर्षिय पुरुष, र ४१ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको बताउनुभयो । नमुना परीक्षण पोजेटिभ देखिएपछि तीनै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको पनि उहाँले जानकारी दिनुभयो । दुवै पुरुष भारतबाट आएका हुन् । महिला संक्रमित एकजना संक्रमितको परिवारको सदस्य भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “ महिला संक्रमित भेटिनुभएको छ । उहाँ एक जना संक्रमितको परिवारको सदस्य हुनुहुन्छ । उहाँको ट्राभल हिस्ट्री छैन । यो पहिलो केस हामी दोश्रो चरणमा प्रवेश गरेको देखिन्छ । यो संक्रमित व्यक्तिबाट परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ । यसलाई हामी लोकल टान्समिसन भन्छौ । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । र यसले पनि थप पुष्ट्याई के गर्छ भन्दा क्वारेन्टाईनमा कति अनिवार्य रुपमा र कति सावधानीपुर्वक बस्नुपर्छ भन्ने कुरा देखाउँछ । त्यसैले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलन नदिनका निम्ति जो विदेशबाट आउनुभएको छ , उहाँहरु सबैले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपाय अबलम्बन गर्नुपर्ने हुन्छ । ”

उहाँले संक्रमित २ जना टेकू, २ जना बाग्लुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । उहाँले स्थानीयमा संक्रमण फैलिएसंगै नेपाल कोरोना संक्रमण फैलावटको दोश्रो चरणमा प्रवेश गरेकाले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा बसिदिन अनुरोध गर्नुभयो ।

यसअघि मन्त्रालयका विज्ञहरुले कोरोनाको स्थानीय संक्रमण नभएकाले विदेशबाट आएकालाई मात्रै क्वारेन्टाईनमा बस्नका लागि प्राथमिकता दिदै आएका थिए ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, सनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सम्म १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ भने काठमाण्डौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसन छन् ।

डाक्टर देवकोटाले नमुना परीक्षणको दायरा बढाईरहेको र अहिले काठमाण्डौ बाहिर जनकपुर, धरान, हेटौडा, पोखरा, धनगढी र सुर्खेतमा नमुना परीक्षण भईरहेको तथा चितवन र बुटवलमा भोलीबाट सूरु गरिने जानकारी दिनुभयो ।

मन्त्रालयको मोबाईल एप्लिेकेसनमा ६ हजार ५ सय २७ जनाले व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये रेडजोनमा रहेका १ सय २६ जनालाई फोन मार्फत टेसिङ गर्ने काम भईरहेको डाक्टर देवकोटाले बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);