भाइरोलोजिष्ट डाक्टर मरासिनीले नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भाइरोलोजिष्ट डाक्टर मरासिनीले नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश

corona vaccine test

काठमाडाैं, २६ असाेज । भाइरोलोजिष्ट डाक्टर बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भन्दै सचेत गराउनु भएको छ । पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीको भनाइ छ ।

भाइरोलोजिष्ट डा. मरासिनीले पुरा देशमा भन्दापनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताउनुभयो । काठमाडौं उपत्यका भित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उहाँले बताउनुभयो ।

नेपालमा कोरोनाको मुख्य स्रोत सीमापार भएको तर सरकारले आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको उहाँको ठम्याई छ । त्यस्तै कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको र स्वाब संकलन गरेपछि ९/१० दिन सम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पु¥याएको डाक्टर मरासिनीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);