नेपालमा कोरोना संक्रमणको दर घटेको हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालमा कोरोना संक्रमणको दर घटेको हो ?

काठमाडौं, २२ मंसिर । कोरोनाभाइरसको संक्रमण सुरु भएको १ वर्ष हुन लागेको छ । चीनको वुहानबाट आएको यो भाइरसले विश्वका थुपै्र देशलाई प्रभावित बनाएको छ । कतिपय देशहरुमा कोरोना नियन्त्रणपछि पनि दोस्रो र तेस्रो लहरको संक्रमण फैलिंदै गएको छ ।

चीनबाट सुरु भएको कोरोना संक्रमण युरोपेली मुलुकहरुमा प्रवेश गरे सगै ठुलो असर पुगेको बताईन्छ । इटाली, स्पेन, फ्रान्स लगायतका मुलुक संक्रमणको सुरुवाती क्रममा सबैभन्दा बढी प्रभावित बनेका देशहरु हुन् । बिस्तारै यो संक्रमण युरोपका अन्य देशहरुमा समेत फैलिइ महामारीको रुप लिएको थियो । २४ जनवरीमा पहिलो पटक फ्रान्समा देखिएको कोरोना संक्रमण आठ महिनापछि नियन्त्रण आएको भनिएको थियो ।

तर, फेरि कोरोना संक्रमणको दोस्रो चरणको लहर सुरु हुन थालेको भन्दै त्यहाँ राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको बताइएको छ । यसैबीच, भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणको दरमा कमी आएको छ । कोरोना संक्रमणको दोस्रो चरणको लहर सुरु भएको राजधानी दिल्लीमा लगातार दोस्रो दिन कोरोनाको सक्रिय संक्रमितको दर ५ प्रतिशतभन्दा कम रहेको छ ।

भारतमा संक्रमितको दर घटेको कारण पनि नेपालमा दोस्रो लहरको अवस्था नआउने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताउनुभएको छ । ईमाउन्टेनटीभीसँग कुरा गर्दैै उहाँले भन्नुभयो, ‘छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रभाव घटेकाले नेपालमा पनि संक्रमणको अवस्था मत्थर हँुदै जाने देखिन्छ ।’

मौसमले भाइरसलाई कुनै प्रभाव नपारे पनि चिसो मौसममा भाइरसलाई उपयुक्त रहेको बताईन्छ । जसले गर्दा कोरोना भाइरस पनि जाडो मौसममा अझै लामो समयसम्म बाँच्न सक्छ । चीनको वुहानमा पनि चिसो मौसममै संक्रमण सुरु भएको थियो पछि गर्मी लाग्दै गर्दा कम भएको बताइएको छ । चीनसँगै अन्य मुलुकलाई हेर्ने हो भने पनि चिसो मौसममा संक्रमित बढेको स्वास्थ्यविद् मरासिनीको भनाई छ ।

जाडोमा भाइरस लामो समयसम्म बाँच्न सक्ने भएका कारण जाडो मौसमले कोरोना भाइरसलाई प्रभावित बनाउँछ । अन्य मुलुकलाई हेर्दा चिसो मौसममा दमका रोगीलाई गाह्रो बनाउने, मुटु रोगीहरुलाई समस्या हुने, घरमा गुम्सिदा भाइरसहरु लामो समयसम्म जीवित रहने, मानिसहरुले जन स्वास्थ्यका मापदण्ड पालना नगर्ने जस्ता कारणले आगामी दिनमा संक्रमण बढ्न सक्ने जोखिम भने अझै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);