पूर्वमन्त्रीकाे पहलमा स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बीमा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पूर्वमन्त्रीकाे पहलमा स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बीमा

सिन्धुपाल्चोक, २३ जेठ । सिन्धुपाल्चोकमा जिल्लाका चिकित्सक स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय सहयोगीसहितको जीवन बीमा गरिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको अस्थायी कोरोना बीमा गरिएको हो ।

कोरोनाको कारण सुत्केरी महिलाको मृत्यु भएपछि जिल्लामा संक्रमण रोक्न र संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न अस्थायी कोराना बीमा गरिएको हो ।

सिन्धुपाल्चोकमा पहिलो पटक सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएपछि परोपकारका काम शुरु गरिएको छ । सुत्केरीको मृत्युपछि शिशुको उपचार लालनपाल र शिक्षा स्वास्थ्यका लागि सहयोग अभियान शुरु गरिएको छ ।

शिशुको लालनपालन शिक्षा स्वास्थ्यको अभियानसंगै पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा जिल्लाका स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बीमा गराइएको हो । जिल्लाका ६ सय १३ जना चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय सहयोगीहरुको कोरोना अस्थायी बीमा गराइएको छ ।

स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन बीमा गरिएको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बताउनु भएको छ । मुलुकभर संक्रमण दर बढ्दो छ । यो दरबाट सिन्धुपाल्चोक पनि अछुतो रहने कुरै भएन । यद्पी हालसम्म सिन्धुपाल्चोकमा संक्रमण २ जना भेटिएको छ ।

क्वारेन्टाइन आइसोलेसन जस्ता अत्यावश्यक व्यवस्थित नहँुदा जोखिम पनि उत्तिकै छ । सरकारले व्यवस्थित गर्ने प्रयास गरेपनि पर्याप्त नभएको बेला जिल्लामा थालिएको अभियानले स्वास्थ्यकर्मीको थप मनोबल बढाएको छ ।

संक्रमणको संख्या बढी नभएपनि परीक्षण जारी छ । सिन्धुपाल्चोकमा पनि स्वदेश फर्कनेहरु उत्तिकै छन् । संक्रमणको दर बढेमा परीक्षण र उपचार थप चुनौति हुन सक्छ । संभावित जोखिम बढ्ने भएकोले पनि स्वास्थ्यकर्मीको बीमा अभियान थप गरिने भएको छ ।

जोखिम माेलेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीको मनोबल बढाउनु नै पहिलो शर्त हो यतिबेला। उनीहरु नै कोरोना विरुद्ध लड्ने मुख्य सिपाही भएकोले सबै तह र क्षेत्रबाट सहयोगको खाँचो छ । सिन्धुपाल्चोकमा जस्तै अन्य जिल्लामा पनि अभियान शुरु गरि स्वास्थ्यकर्मीको मनोबल बढाउनु सबैको दायित्व हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);