कोरोना भाइरस यी देशमा देखियो : रहेन नेपाल पनि अछुतो, शतर्क रहन डाक्टरको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरस यी देशमा देखियो : रहेन नेपाल पनि अछुतो, शतर्क रहन डाक्टरको सुझाव

corona virous

काठमाडौं, ११ माघ ।  चीनबाट सुरु भएको प्राणघातक कोरोना भाईरस विश्वव्यापी रुपमा नै फैलन थालेको छ । कोरोना भाइरसको जोखिम नेपालमा पनि दखिएको छ । सरुवारोगको रुपमा देखिएको यो भाईरसबाट मानिसको मृत्युसम्म हुन सक्ने तथा संक्रमित व्यक्तिहरुको सामान्य सम्पर्कबाट पनि सर्ने हुँदा सतर्क रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

नयाँ भाईरसको रुपमा देखिएको कोरोना सर्वप्रथम चीनको युवान शहरमा देखिएको हो । सुरुमा जनावरबाट मानिसमा सरेको थियो भने अहिले मानिसबाट मानिसमा नै सर्न थालेको छ । चीनमा देखिएको यो भाईरस विश्वव्यापी रुपमा नै फैलन थालेपछि चीनले कतिपय प्रान्तहरुमा बाह्य हवाइ उडान तथा यातायात नै बन्द गरेको छ । नेपाल पनि जोखिमयुक्त भएकोले सतर्क रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

विशेषगरी बालबालिका, बृद्ध तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो संक्रमणको संभावना बढि हुने चिकित्सकहरुको भनाई छ । यसबाट बच्नको लागी बिरामी मानिसहरूसँग नजिकको सम्पर्कबाट टाढा रहन र मास्क लगाएर हिड्न चिकित्सकको सुझाव छ ।

भ्रमण वर्ष २०२० मनाउन चिनियाँ पर्यटकहरु पनि नेपाल भित्रने भएकोले नेपालमा कोरोना भाइरसको संक्रमण हुने सम्भावना धरै छ । त्यसैले कोरोना भाइरस नफैलियोस् भनेर विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै विमानस्थलमा पनि हेल्थ डेक्सको व्यवस्था पनि गरिएको छ ।

कोरोना भाइरसका कारण माघ १० गते सम्ममा चीनमा २५ जनाको मृत्यु भईसकेको छ भने ६ सयभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । पछिल्लो तथ्याङक अनुसार चीन नजिकका देश थाइल्यान्डमा तीन, दक्षिण कोरियामा एक, जापानमा एक, ताइवानमा एक, भियतनाममा दुई र सिंगापुरमा एक जनामा संक्रमण देखिएको छ । नेपालमा पनि चीनबाट फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमणको आशंका गरि रगत र र्यालको नमूना परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);