नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको विरामी भेटिएकाे पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको विरामी भेटिएकाे पुष्टि

corona virous

काठमाडौं, १० माघ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको विरामी भेटिएका छन् । चीनको युवान क्षेत्रबाट नेपाल आएका  एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

चीनबाट नेपाल आएका ती विद्यार्थीको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नमूना परीक्षणको लागि हङकङ पठाएको थियो ।उक्त भाइरसबाट संक्रमित बिरामीको रिपोर्ट बिहीबार आएको र सो भाइरस कोरोना नै भएको अस्पतालले पुष्टि गरेको छ ।

चीनको युवान क्षेत्रबाट नेपाल आएका ती विद्यार्थीको रिपोर्ट पोजीटीभ आएको र हाल उक्त ब्यक्ति लक्षण विहीन रहेको र प्रत्येक्ष निगरानीमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जनाएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययन गरीएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);