२४ घण्टामा ५ हजार २२५ जना संक्रमण मुक्त, ९ हजार ४ सय ८३ नयाँ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

२४ घण्टामा ५ हजार २२५ जना संक्रमण मुक्त, ९ हजार ४ सय ८३ नयाँ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हु्न् । यो सँगै नेपालमा कुल ३१ हजार २ सय १९ जना संक्रमण मुक्त भइसकेका छन् ।

त्यस्तै मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये मंगलबार मात्र कोरोनका कारण मृत्यु हुनेको संख्या २२५ पुगेका मन्त्रालयले जनाएको हो ।

त्यस्तै, उपत्यकामास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोना बिरामीको संख्या ९७ हजार पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);