नेपालमा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि,१८७ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नेपालमा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि,१८७ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर परीक्षण र ५७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए ।

त्यस्तै , नेपालमा थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु हुने संख्या १८७ जना रहेको जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको हो ।

त्यस्तै , प्रवक्ता गौतमका अनुसार काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);