२४ घण्टामा ९ हजार २७१ जनामा कोरोना पुष्टि, १३९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२४ घण्टामा ९ हजार २७१ जनामा कोरोना पुष्टि, १३९ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ६२३ जनाको पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको बताए ।

त्यस्तै नेपालमा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १३९ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएका छन् ।

गौतमका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमासहित उक्त संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै उपत्यकामा काठमाडौमा २७ सया ७५ भक्तपुरमा ३ सय २७ , ललितपुरमा ५सय ५ कोरोना संक्रमित ब्यक्ति फेला परेको मन्त्रालयले जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);