नेपालमा एकैदिन ८ हजार ६५९ जना कोरोना संक्रमित थपिए, ५८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेपालमा एकैदिन ८ हजार ६५९ जना कोरोना संक्रमित थपिए, ५८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार देशभर थप ८ हजार ६ सय ५९ जना संक्रमित भएको र ५८ जनाको मृत्यु भएको पष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको बताए ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ उपत्यकामा ४ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३,८४९ जना, भक्तपुरमा ४५८ जना र ललितपुरमा ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);