नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

corona update

काठमाडौं, ३१ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताउनभयो । उहाँले पर्सा जिल्ला विरगंज महनगरपालिका घण्टाघर नजिक बेबारिसे शव फेला परेका एकजना र बारा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षिय बालकको कोरोना संक्रमणबाट मृत्यु भएको बताउनु भयो ।

पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । प्रवक्ता गौतमले जानकारी दिनु भयो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । प्रवक्ता गौतमले हालसम्म कुल पीसीआर परीक्षण १ लाख २७ हजार २ सय ८८ जनाको भएको छ भने आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको बताउनु भयो ।

नेपालभर १ लाख ५० हजार ५ सय ४९ जना क्वारेन्टीनमा र ४ हजार ४ सय ४ जना आइसेलेसनमा रहेका छन् । अहिलेसम्म ९ सय १३ जना उपचार पछि निको भएर घर फर्केका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);