नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटियो

coronavirus test

काठमाडौं, २० चैत । नेपालमा थप एकजना युवतीमा कोभिड १९ को पोजेटिभ देखिएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभएको हो ।

पछिल्लो संक्रमणका विरामी संगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यी संक्रमित विरामी पनि चैत ४ गते कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट काठमाण्डौं आएको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । बाग्लुङबाट आएको नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयले छैटौ संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिईसकेको थियो ।

अहिले सम्म काठमाण्डौं र काठमाण्डौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।  ४३ वटा काठमाण्डौंमा र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वावको नमुना परीक्षणका लागि लिएको पनि उहाँले जानकारी दिनुभयो ।

डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् । उहाँले मन्त्रालयको एप्समा ४हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र ती मध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);