नयाँ कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढी सक्यो : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नयाँ कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढी सक्यो : स्वास्थ्य मन्त्रालय

nepal corona update

काठमाडौं, ३० चैत । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । वीरगन्जको छपकैयास्थित एक मस्जिदमा रहेका तीनजना भारतीय नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको हो ।

आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँले नयाँ संक्रमित ३७, ४४ र ५५ वर्षिय पुरुष रहेका र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा तीन जनामा कोरोनाको संक्रमण देखिएको हो ।नयाँ संक्रमण देखिएका व्यक्तिहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सम्पर्क पहिचानको काम अघि बढेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २८ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । सरकारले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ७ सय ९५ वटा नमुना परीक्षण गरिएको छ । उपत्यका बाहिर १ सय ६७ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म उपत्यकामा ४ हजार २० र बाहिर १ हजार १ सय ६४ गरी ५ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।

देशभरी गरेर ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा १५ र उपत्यका बाहिर ७० जना गरी ८५ जना आइसोलेसनमा रहेका छन् । यसअघि ९ जनामा कोरोना संक्रमण देखिएकोमा ८ जना उपचाररत रहेका छन भने १ जना निको भएर घर फर्किसकेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);