स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

transparency

काठमाडौं, ३० चैत । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले हालै गरेको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न माग गरेको छ । आइतबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बिज्ञप्ति जारी गर्दै छानबिन गर्न माग गर्नुभएको हो ।

सरकारको पछिल्लो निर्णयले खरिद प्रक्रियामा गलत नियत थियो भन्ने प्रष्ट ट्रान्परेन्सीको ठहर छ । महंगोमा स्वास्थ्य सामाग्री खरिद गरेको भन्दै चर्को आलोचना भएपछि सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको थियो । त्यसपछि मन्त्रिपरिषदमा छलफल नै नगरी जीटुजीमार्फत खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

सार्वजनिक खरिद गर्दा स्वस्थ प्रतिपर्धा हुनुपर्ने भएपनि कहिले नीतिगत निर्णय त कहिले सरकार– सरकारबीच खरिदका नाममा पटकपटक विचौलियाको मिलेमतोमा राज्यकोषको ठूलो रकम अपचलन भएको बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा राष्ट्रिय संकटका बेला रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तह समेतका सबै पदाधिकारीमाथि आवश्यक अनुसन्धान कारवाही गर्न सरकारसंग माग गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);