एक वर्षका लागि ओम्नी समूह कालोसूचीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एक वर्षका लागि ओम्नी समूह कालोसूचीमा

काठमाडौं, २९ भदौ । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेशन इन्टरनेशनल ओबीसीआई कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म कालोसूचिमा राख्ने निर्णय गरिएको जनाएको हो ।

कार्यालयले ओम्नीलाई अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखिएको पनि सूचनामा उल्लेख छ ।

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नीसंग सम्झौता गरेको थियो ।

तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो । ओम्नीसँगको खरिद प्रक्रियामा भ्रष्टाचार भएको खुलेपछि सरकारले जीटूजीमार्फत औषधि खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);