वाइडबडी खरिद प्रकरण : थप विवरण माग्दै लेखा समिति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वाइडबडी खरिद प्रकरण : थप विवरण माग्दै लेखा समिति

wide body NAC

काठमाडौं, १७ मंसिर । नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रक्रियामाथि अनुसन्धान गरिरहेको संसद्को सार्वजनिक लेखा समितिले खरिद प्रक्रियासँग सम्बन्धित विवरण माग गर्न लिखित प्रश्न तयार पारेको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमसँग लिखित जवाफ माग गर्न ४१ वटा प्रश्न तयार पारेको छ । विभागीय मन्त्रालय र निगमका लागि तयार पारिएका फरक–फरक प्रश्न सोमबार सम्बन्धित निकायमा पठाइनेछ ।

समितिले विभागीय मन्त्रालयका लागि नीतिगत विषयका तीन र निगमलाई खरिद प्रक्रियासँग सम्बन्धित ३८ प्रश्न तयार पारेको स्रोतले जानकारी दियो । आवश्यकता अनुसार अन्य निकायसँग पनि थप प्रमाणका लागि जवाफ माग्ने तयारी पनि समितिको छ तर अन्य कुन–कुन निकायसँग जवाफ माग्ने यकिन भइसकेको छैन ।

स्रोतका अनुसार समितिले विभागीय मन्त्रालयलाई खरिद प्रक्रियाका नीतिगत निर्णय माग गरेको छ । तीन प्रश्नमध्ये पहिलो खरिदका नीतिगत निर्णयसँग सम्बन्धित छ । यस्तै, विमान खरिदको विवादबारे मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनबारे पनि समितिले जवाफ माग गरेको छ । मन्त्रालयले विमान खरिदबारे सहसचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यस्तै, समितिले मन्त्रालयसँग हालै निगमले जारी गरको श्वेतपत्रबारे पनि धारणा माग गरेको छ । श्वेतपत्र अनुसार आर्थिक व्यवस्थापनका विषयलगायतका समितिले जवाफ माग गरेको हो । यस्तै, समितिले निगमलाई ३८ वटा प्रश्न तयार पारेको छ । समितिले वाइडबडी खरिद प्रक्रियामा नै सबै प्रश्नावली केन्द्रित गरेको छ । समितिले जहाजको मूल्य, स्पेसिफिकेशन, खरिदको कमिशनलगायतका फरक–फरक प्रश्न बनाएको छ ।

समितिले हरेक प्रश्नको पुष्टि हुने कागजात पनि सामेल गर्न जवाफ दिने निकायलाई निर्देशन दिएको छ । वाइडबडी खरिदबारे मूल्याङ्कन समिति र उपसमितिले गरेका काम कारबाही र त्यससम्बन्धी भएका निर्णय पनि माग गरेको छ । समितिले उपसमितिले गरेका काम कारबाहीबारे फरक–फरक प्रश्न बनाएको छ ।

खरिद प्रक्रियामा सुरुमा प्रस्ताव पेस गर्ने ११ कम्पनीको प्रस्ताव पनि माग गर्न लिखित प्रश्न तयार पारेको छ । प्रस्ताव मूल्याङ्कन सम्बन्धी निर्णय माग गर्न पनि समितिले प्रश्न पठाउने तयारी गरिएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);