प्राधिकरणले पाँच वर्षमा सवा ६ खर्ब लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्राधिकरणले पाँच वर्षमा सवा ६ खर्ब लगानी गर्ने

pradhikaran-lagani

काठमाडौं, १७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ६ खर्ब ३७ अर्ब रुपैयाँ बराबर लगानी गर्नेगरी ‘कर्पोरेट योजना’ तयार पारेको छ । जलविद्युत् उत्पादन, वितरण र प्रशारणका लागि पाँच वर्षभित्र यति धेरै रकम लगानी गर्ने गरी कर्पोरेट योजना तयार पारेको हो ।

कुल रकममध्ये २ खर्ब सरकार र प्राधिकरण तथा बाँकी दातृ निकाय र अन्य स्वदेशी वित्तिय संस्थामार्फत लगानी गर्ने योजनामा उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनः र राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओलीसहितको उपस्थितमा शनिबार विद्युत् प्राधिकरणले यस्तो योजना अघि सारेको हो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणको वर्तमान अवस्था र भावी योजना प्रस्तुत गर्नेक्रममा कर्पोरेट योजना पनि प्रस्तुत गरेका थिए । योजनाअनुसार ६ खर्ब ३७ अर्बमध्ये सरकारले १ खर्ब ५८ अर्ब, प्राधिकरणले ४२ अर्ब, वैदेशिक सहायताको सहुलियत ऋणबाट ३ खर्ब ६० अर्ब तथा ७७ अर्ब स्वदेशी वित्तीय संस्था अर्थात आन्तरिक स्रोतबाट लगानी गरिनेछ ।

पाँच वर्षभित्र विद्युत् प्राधिकरणको कुल सम्पत्तिमध्ये ६ प्रतिशत प्रतिफल र कुल स्वँपुजी (इक्विटी) को १६ प्रतिशत प्रतिफल पुग्ने योजनामा उल्लेख छ । कार्यकारी निर्देशक घिसिङले आगामी दिनमा वितरणका लागि सात प्रदेश– सात वितरण कम्पनीका साथै केन्द्रमा प्राधिकरण होल्डिङ कम्पनीको रुपमा रहने र प्राधिकरणले सहायक कम्पनीमार्फत जलविद्युत्मा ठूलो लगानी गर्ने उल्लेख गरेका थिए ।

पाँच वर्षभित्र जलविद्युत्मार्फत ५ हजार मेगावाट र नवीकरणीय ऊर्जामार्फत ३ सय मेगावाट उत्पादन र खपतका साथै यसका लागि आवश्यक प्रशारण लाइन र वितरण लाइन निर्माण गरिसक्ने कार्यकारी निर्देशक घिसिङले प्रस्तुत गरेको योजनामा उल्लेख छ ।

यो खबर आजको करोबार दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);