नेपालमा संक्रमितको संख्या १ हजार २१२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा संक्रमितको संख्या १ हजार २१२ पुग्यो

corona update

काठमाडौं, १६ जेठ । नेपालमा कोरोना भाइसरबाट संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जनाएको हो ।

शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका २५ वर्षिय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।यसअघि सिन्धुपाल्चोक,बाँके, गुल्मी,बारा र ललितपुरमा एक–एक गरी ५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित मध्ये हालसम्म २ सय ६ जना निको भएर घर फर्किसकेका छन । मन्त्रालयका अनुसार पिसीआर बिधिबाट अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ । अहीले देशैभरी गरेर ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);