बाँकेमा दुर्घटना: १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाँकेमा दुर्घटना: १२ जनाको मृत्यु

banke accident

बिकाश डाँगी

दाङ, १९ जेठ । बाँकेमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ । मृतकको सनाखत हुन नसकेको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);