क्वारेन्टाईनमा स्वाथ्यकर्मी माथी कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

क्वारेन्टाईनमा स्वाथ्यकर्मी माथी कुटपिट

dalit kutpit

श्रवण देउवा
बैतडी, १३ चैत । बैतडीको पुरचौंडी नगरपालिकाको वडा नम्बर ५ को क्वारेन्टाईनमा स्थानीयले आक्रमण गरेका छन् । भारतबाट फर्केका सुनील जागरीका बुवा नरेन्द्र जागरी सहितका ब्यक्तिले क्वारेन्टाइनमा आक्रमण गरेका हुन् । उनिहरुले स्वास्थ्यकर्मी करन सिह धामीलाई चिरपटले हानेका थिए । धामीको औंला र शरिरमा चोट लागेको छ ।

बुधबार भारतको बैंगलोरबाट फर्केका सुनील जागरी सहितका ७ जनालाई पुरचौंडी नगरपालिकाले वडा नम्बर ५ कुवाकोटको भुमीराज मावि काटैमा क्वारेन्टाईनमा राखेको थियो । भारतबाट आएका छोरालाई किन राखेको भन्दै स्थानीय एक सहकारीका प्रबन्धक समेत रहेका नरेन्द्रले kutpitक्वारेन्टाईनमै पसेर कुटपिट गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवरले बताउनुभयो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);