भारतबाट फर्केका १९४ जना दार्चुलाको क्वारेन्टाइनमा | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

भारतबाट फर्केका १९४ जना दार्चुलाको क्वारेन्टाइनमा

darchula

दार्चुला, १९ चैत । भारतका विभिन्न सहरहरुबाट फर्केका १ सय ९४ जना कामदार तथा विद्यार्थीहरुलाई दार्चुलाका विभिन्न स्थानमा क्वारेन्टाईनमा राखिएका छन् । नोवेल कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि दार्चुलाका ९ वटा स्थानीय तहहरुले स्थापना गरेका विभिन्न क्वारेन्टाईन स्थलहरुमा १ सय ९४ जनालाई क्वारेन्टाईनमा राखिएको हो ।

महाकाली नदी तरेर भारतबाट दार्र्चुला प्रवेश गरेका २७ जनालाई प्रहरीले नियन्त्रणमा लिई दार्चुलाको खलंगा स्थित क्वारेन्टाईन स्थलमा राखिएको तथा उनीहरुलाई सम्बन्धीत स्थानिय तहहरु सित समन्वय गरी सम्बन्धीत निकाय कै जिम्मा लगाई क्वारेन्टाईनमा राख्न तयारी भई रहेको दार्चुला प्रहरीले जनाएको छ ।

भारतको धारचुलामा फसेका करिब ५ सय नेपाली कामदारहरुलाई भारतको जौलजिवी, बलुवाकोट तथा धारचूला का ५ सिविरहरुमा भारतको धारचूला प्रसाशनले व्यवस्थापन गरी सकेको तथा उनीहरुलाई चैत्र २५ गते लक डाउनको समय सिद्धिए पश्चात नेपाल ल्याइने पनि प्रहरीले जानकारी दिएको छ ।