भारतको धारचुलामा अलपत्र परेका नेपाली स्वादेश भित्रिए | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

भारतको धारचुलामा अलपत्र परेका नेपाली स्वादेश भित्रिए

दार्चुला, ८ जेठ । लकडाउनका कारण भारतको धारचुलामा अलपत्र परेका नेपाली बिहिवार दार्चुलाबाट नेपाल प्रवेश गरेका छन् ।

धारचुलाका नेपालीहरु नेपाल भित्रिएसँगै दार्चुलामा रोकिएका भारतीयहरु पनि भारततिर गएका छन् । सिमा नाका बिहीबार विहान ८ बजे देखि दिउँशो सम्म खुला गरिएको थियो ।

नेपाल प्रवेश गरेका नेपाली नागरिकहरुलाई तत्कालका लागि महाकाली नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाईन स्थलमा राखिएको छ  ।

उनीहरुलाई सम्बन्धीत जिल्ला र स्थानिय तह सित समन्वय गरी सम्बन्धीत स्थानिय तहमा पठाउने महाकाली नगरपालिकाले जनाएको छ । दुबै देशको समन्वयमा दार्चुला सदरमुकामस्थित सीमा पुल केहीबेरका लागि खोलिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);