नेपालमा थप नौ जनामा कोरोना पुष्टि, ४९ जना निको भएर घर फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा थप नौ जनामा कोरोना पुष्टि, ४९ जना निको भएर घर फर्किए

corona virous

काठमाडौं, ८ जेठ । नेपालमा थप ९ (नौ) जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । देवकोटाका अनुसार नयाँ थपिएका नौ जना मध्ये रुपन्देहीका एक जना पुरुष र झापाका आठ जना पुरुष रहेका छन् ।

नेपालमा हालसम्म तीन जनाको मृत्यु भईसकेको छ भने ४९ जना निको भएर घर फर्किसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);