अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे।
‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी बढाइनु पर्छ। र, यसको सत्यतथ्य जानकारी जनतालाई दिनुपर्छ,’ उनले भने।नेता महरले अर्थमन्त्रीमाथि उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको बताएका छन्। ’अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठिसकेपछि यसबारे संसद् र जनतालाई जवाफ दिने काम सरकारको हो। एक अमुक पार्टी र व्यक्तिका लागि लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने काम शोभनिय हुँदैन। संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनका माध्यमले आवश्यक काम कारबाही अगाडि बढाइनु हितकर हुन्छ,’ उनले भने।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सीसीटिभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो। मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने माग प्रतिपक्षी र गठबन्धनबाट उठिरहेको छ।

Leave a Reply

ताजा समाचार

Test Post Created

५२ मिनेट अघि

test123123

९ घन्टा अघि

test123123

९ घन्टा अघि