बजेट अभावमा सडक सुस्त | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

बजेट अभावमा सडक सुस्त

sadak

नेपालगन्ज,३ फागुन । बजेट अभावका कारण निर्माणाधीन सडक बीचमै रोकिन थालेका छन् । बजेट अभावले बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका कपिलवस्तुका ६ वटा मुख्य सडकको निर्माण कार्य ठप्प छन् । कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बीचमै रोकिएको छ ।

बहुवर्षीय ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि काम बीचमै रोकिने भएको हो । त्यस्तै मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले निर्माणको काम सुस्त छ । जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किलोमिटर लामो उक्त सडकको अवस्था बिग्रदो छ । सडकमा परेका खाल्डाखुल्डी र पहिरो पन्छाउन बजेट अभाव हुँदा सडक जोखिममा छ ।

भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको झाप्रा कार्कीगाउँसम्मको लोकमार्ग जीर्ण देखिएको सरोकारवाला बताउँछन् । स्तरोन्नतिका लागि पर्याप्त बजेट नहुँदा बनेको सडक पनि काम नलाग्ने हुन थालेको स्थानीयको गुनासो छ ।

यस्तै सडक डिभिजन कार्यालय नम्बर ३ नेपालगन्जसँग दुई लेन कालोपत्रे गर्ने पर्याप्त बजेट नहुँदा रत्न राजमार्गको बबईदेखि हर्रेसम्मको १४ किलोमिटर सडकले यात्रु र चालकलाई हैरान बनाउने गरेको छ । ‘वान वे’ कालोपत्रे रहेको सडकको दायाँबायाँ अधिकांश पुरानो कालोपत्रे भत्कदै जाँदा खाडल बढ्दै गएका छन् । कालोपत्रे दायाँबायाँ सडकमा बनेका खाडलले सवारी चालक र यात्रुलाई हैरान पार्दै आएको छ ।

गत आर्थिक वर्षको बबई हर्रे सडक दुई लेन कालोपत्रे थप र नयाँ कालोपत्रे बनाउन तीन करोड १८ लाख रुपैयाँ बजेट अपुग हुँदा कामले तीव्रता लिन सकेको छैन । गत आर्थिक वर्षको बजेटले २४ सय मिटर पुरानो कालोपत्रे भत्काएर नयाँ कालोपत्रे गर्ने मात्र पुग्ने सडक डिभिजन कार्यालय नम्बर ३ नेपालगन्जका डिभिजन प्रमुख अर्जुनकुमार बमले बताए । भत्किएको पुरानो कालोपत्रेको खाडल पुर्न र दायाँबायाँ कालोपत्रे थप्न बजेट अपुग भएको उनले बताए । पर्याप्त बजेट नआउने, तर बर्सेनि सवारी चापले यो सडक खण्डको कालोपत्रे भत्कदै जाँदा खाडल बढिरहेका छन् । खाडल बढ्दा साना ठूला सवारी साधनलाई आवतजावतमा हैरानी खेप्नु परेको छ ।

कपिलवस्तुका क्षेत्रीय तथा पर्यटकीय महत्वका ६ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्न डिभिजन सडक कार्यालयले ठेक्का लगाएको थियो । अर्थ मन्त्रालयलयले आर्थिक वर्ष ०७३\७४ मा २१ वटा सडक स्तरोन्नति तथा निर्माण गर्न आठ लाख रुपैयाँका दरले बजेट दिएको थियो, जसमध्ये ६ वटा सडकलाई बहुवर्षीय आयोजनामार्फत ठेक्का लगाउन अर्थले सहमति दिएको थियो ।

सोहीअनुसार ठेक्का लगाई पहिलो चरणमा रकम निकासा गरेको अर्थले दोस्रो चरणमा भने बजेट नै नछुट्याएपछि समस्या सिर्जना भएको हो । डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुले गत आर्थिक वर्षमा ठेक्का सम्झौतागरी अहिलेसम्म सबै सडकमा काम भइरहेको जनाएको छ । डिभिजन प्रमुख रमेश पौडेलले चालू आर्थिक वर्षमा अर्थले रकम विनियोजन नगरेको बताए । बजेट नहुँदा कामको भुक्तानी दिन समेत समस्या भएको उनले बताए । ‘तीन वर्षको ठेक्का सम्झौता छ, पहिलो चरणको भुक्तानी दियौं, अब बजेट नै छैन कसरी काम अघि बढाउने रु,’ उनले प्रश्न गरे । कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्गदेखि प्राचीन तिलौराकोट दरबार जोड्ने कोइली–कोपवा–तिलौराकोटको आठ किमि सडकको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । सात मिटर चौडा कालोपत्रे सडक निर्माणका लागि १५ करोडमा अर्घाखाँची निर्माण सेवालाई ठेक्का दिइएको छ ।

तर, ठेकेदार कम्पनीले २५ प्रतिशतभन्दा बढीको काम गरिसकेको कार्यालयले जनाएको छ । ठेकेदार सागर भुसालले अहिलेसम्म चार करोड रुपैयाँभन्दा बढीको काम गरिसके पनि भुक्तानी नपाएको गुनासो गरे । ‘गरेको कामको समेत पैसा पाएको छैन, सडकले रकम छैन भन्छ अब कसरी काम गर्ने,’ उनले भने । भुसाल मात्र नभई अन्य पाँचवटै निर्माण कम्पनीले चाँडै रकम नआए काम रोकिने बताएका छन् ।सडक विभागले साउनमै बजेट विनियोजन गरिदिन माग गरे पनि अर्थले स्थानीय तथा प्रतिनिधिसभा निर्वाचनका कारण ढिलाइ भएको बताउँदै आएको डिभिजन प्रमुख पौडेलले बताए । किरणमान बज्राचार्य कपिलवस्तु, जनक केसी जाजरकोट टेकेन्द्र बस्याल कोहलपुर ,आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);