बालगृहलाई खाद्यान्न सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बालगृहलाई खाद्यान्न सहयोग

शम्भू माली ६ बैशाख कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा रहेको तौलिहवा बालगृहमा युवाहरुको पहलमा संकलित खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिकाका युवाद्वारा गठित ब्लाक बुल्स गाईज समुहले

बालगृहलाई खाद्यान्न सहयोग

बालगृहलाई खाद्यान्न सहयोग शम्भू माली ६ बैशाख कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा रहेको तौलिहवा बालगृहमा युवाहरुको पहलमा संकलित खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिकाका युवाद्वारा गठित ब्लाक बुल्स गाईज समुहले चैत्राष्टमीका अवसरमा अभिभावकबिहिन बालबालिकाका लागी संकलन गरेको रकमले चामल, दाल, तेल, नुन र अन्य खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

 

कपिलवस्तु बाल गृहमा रहेका अभिभावकबिहिन २० बालकको सहयोगका लागी समुहले सहयोग सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा ब्लाक बुल्स गाईजका मिन थापा, अमृत शाक्य र बिकास श्रेष्ठले बालगृहका अध्यक्ष राजु प्रसाद अर्याललाई खाद्यान्न हस्तानतरण गरेका थिए । युवाको समुहले चैते दशैका अवसरमा सञ्चालन गरेको दशै फेस्टा टु हेलप अर्फन चिल्ड्रेन नामक कार्यक्रमबाट बचेको रकमले बालगृहमा सहयोग गरेको समुहका प्रतिनिधी मिन थापाले बताए ।

 

कपिलवस्तु बाल गृहका बालबालिकालाई सहयोगका अभाव रहेका बेला युवाहरुले बालगृहलाई हस्तान्तरण गर्नु सुखद रहेको बालगृहका अध्यक्ष राजु प्रसाद अर्यालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);