हिमालयन प्रोजेक्टद्धारा स्वास्थ्य सामाग्री सहयोग (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

हिमालयन प्रोजेक्टद्धारा स्वास्थ्य सामाग्री सहयोग (फोटो फिचर)

सोलुखुम्बु । लिखु पिके गाउँपालिका सोलेखुम्बुको अत्यन्तै बिकट गाउँको रुपमा रहेको भकान्जे लाई कोभिड – १९ बाट बचाउन भन्दै हिमालयन प्रोजेक्ट नेपालले स्वास्थ्य चौकी भकान्जे र लिखुपिके स्वास्थ्य शाखा लाई ५ थान अक्सिजन सिलिन्डर , २ थान थर्मलगन , २३ थान पल्स अक्सिमिटर ५२ थान पिपिई , ब्लान्केट, ग्लब्स, माक्स सहित अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै प्रोजेक्टकी प्रबन्ध निर्देशक जानकी खड्काले हामी बिपद्को समयमा पनि भकान्जे बासी सगँै छौं भन्दै आगामी दिनमा पनि हामीले सकेको सबै खालका सहयोग उपलव्ध गराउन प्रतिबद्ध रहेको जानकारी दिईन । अघिल्लो वर्षपनि प्रोजेक्टले पालिका लाई आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको थियो । स्वास्थ्य सामाग्री बुझदै वडाअध्यक्ष निमछीरी शेर्पाले महामारी बाट भकान्जेबासी लाई बचाउन प्रोजेक्टले गरेको सहयोगका लागी धन्यबाद दिए ।

आगामी दिनमा पनि प्रोजेक्ट बाट यस्ता सहयोगको अपेक्षा गरिएको शेर्पाले धारणा राखँे । लिखुपिके गाउँपालिकामा ४४ जनाको एन्टिजेन र ४६ जनाको पिसिआर विधी बाट कोरोना चेकजाँच गरिएकोमा २० जना संक्रिमित देखिएका छन । १२ जनाले कोरोना लाई जितेका छन भने ८ जना अहिले पनि सक्रिय संक्रमीत छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);