आज गण्डकी प्रदेशमा थप २१ जनाको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आज गण्डकी प्रदेशमा थप २१ जनाको निधन

पोखरा। आज गण्डकी प्रदेशमा थप २१ जनाको निधन भएको छ। आज निधन हुनेमा प्रदेशका ६ जिल्लाका रहेका छन्। आज मृत्यु हुनेमा नवलपरासीका ५ जना , तनहुँका ३ जना ,कास्कीका ४ जना , बाग्लुङ्गका ४ जना ,लम्जुङ्गका ३ जना र म्याग्दीका २ जना रहेका स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

योसंगै गण्डकीमा मृत्यु हुनेको कूल संख्या ६४५ पुगेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। हालसम्म गण्डकी प्रदेशमा कुल परीक्षण १९१२७५ रहेका छन् ।

जसमा संक्रमित ४११४२ , निको भएका २९३७३ , सक्रिय १११२७ र नेगेटिभ १५०१३३ रहेका छन् भने हालसम्म मुस्ताङका ९ जना , म्यादीका २५ , मनाङका २४ जना , बाग्लुङका ३६ , पर्वतका ३९ , स्याङ्गजाका ८८ जना , नवलपरासीका ४६ जना , तनहुँका ६८ जना, गोरखाका २८ जना,लम्जुङ्गका १५ र कास्कीका २९१ जना गरि गण्डकी प्रदेशमा मृत्यु हुने कूल संख्या ६४५ पुगेको निर्देशक शर्माले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);