विपन्न विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामाग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विपन्न विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामाग्री सहयोग

बागलुङ, २५ पुष । रोट्¥याक्ट क्लव अफ बागलुङले बागलुङ नगरपालिका १३ को बाल प्रभा प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामाग्री सहयोग गरेको छ ।

क्लबले बाल प्रभा प्राथमिक विद्यालयका ५५ जना विद्यार्थीहरुलाई स्वेटर, टोपी, कलम कापी लगायत विद्यालयका लागि आवश्यक कम्प्युटर, प्रिन्टर प्रोजेश्टर, सीसी क्यामरा सहित २ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको हो । न्यानो कपडा तथा स्टेशनरी सामाग्री पाएपछि बालबालिका हर्षित भएका थिए ।

सहयोगका लागि अन्य धेरै संस्थाहरुले पनि हातेमालो गरेको रोट्¥याक्ट क्लबले जनाएको छ । अधिकाँस विपन्न परिवारका विद्यार्थी रहेका सो विद्यालयमा यस्तो सहयोगले बालबालिकाहरु पढाई प्रति उत्साहित हुने विद्यालयका प्रधानाध्यापक महेन्द्र अधिकारीले बताउनु भयो ।

भौगोलिक रुपमा पहाडको खोचमा रहेकोले चिसो मौसममा विद्यार्थीहरुलाई समस्या हुने गरेको थियो । अधिकांस दलित समुदायका अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा जाडोेयाममा पनि सामान्य कपडा लगाएर विद्यार्थीहरु विद्यालय आउने गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);