धुर्मुसले झापामा दुई सय विपन्न घर परिवारलाई राहत बाँडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

धुर्मुसले झापामा दुई सय विपन्न घर परिवारलाई राहत बाँडे

झापा, ३० पुस । कलाकार सिताराम कट्टेल धुर्मुसले गृह जिल्ला झापाका दुई सय विपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । शितलहरले जनजीवन कष्टकर भईरहेका बेला कलाकार धुर्मुसले विर्तामोडस्थित मुसहर र सन्थाल बस्तीका २ सय विपन्न परिवारलाई कम्बल बितरण गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले आईतबार विहानबाट झापामा न्यानो कपडा वितरण अभियान सुरु गरेको हो । चिसोका कारण गरिव समुदायको जीवन कष्टकर बन्न गएकाले राहत वितरण सुरु गरिएको कलाकार धुर्मुसले बताए ।

धुर्मुस–सुन्तली फाउन्डेसनले चिसो र शितलहरका कारण तराईका बिभिन्न जिल्लामा ज्यानै जान थालेपछि न्यानो कपडा वितरण अभियान सुरु गरेको हो । चिसो प्रभावित अन्य जिल्लामा पनि राहत वितरण गरिने फाउन्डेसनका संस्थापक कलाकार कट्टेल धुर्मुसले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);